arrow

पार्टीको भवन शिलान्यास गरे मुख्यमन्त्रीले

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १२ शुक्रबार
surendraraj-pandey-chief-minister-gandaki.jpg

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेस पार्टी कार्यालय भवनको शिलान्यास गरेका छन् । बेँसीसहर नगरपालिका–८ झिङ्गेखोलामा निर्माण हुन लागेको नेपाली कांग्रेस लमजुङको बिपी स्मृति भवन उनले बिहीबार शिलान्यास गरेका हुन् । 

सो अवसरमा मुख्यमन्त्री पाण्डेले प्रदेशको मुहार फेर्नेगरी गण्डकी प्रदेश सरकार विकासका कार्यक्रममा अघि बढेको दाबी गरे । जनमुखी कार्यक्रम र बजेट निर्माणका लागि वर्तमान सरकार तयार रहेको उनको भनाइ छ । 

मुख्यमन्त्री पाण्डेले भने, “वर्तमान सरकारले नागरिकको हितमा काम गर्छ, कुनै पनि नागरिकले प्रदेश सरकार नभएको आवास गर्नुपर्ने छैन ।” सबैको प्रयास रहेमा बिपी स्मृति भवन निर्धारित समयमै सम्पन्न विश्वास उनको छ ।

कांग्रेस जिल्ला कार्य समिति लमजुङले निर्माण गर्नु लागेको उक्त भवन कूल ११ आनामा रहने छ भने करिब रु तीन करोड लागतमा निर्माण हुने बताइएको छ । चार तलाको निर्माण हुने उक्त भवन आगामी दुई वर्षभित्रमा सम्पन्न हुने लक्ष्य रहेको पार्टी प्रवक्ता गणेश गौलीको भनाइ छ । 

भवन शिलान्यास कार्यक्रममा कांग्रेस गण्डकी प्रदेश सहमहामन्त्री रमेशकुमार पाण्डे, पार्टी जिल्ला पूर्वसभापति तुलसीनारायण श्रेष्ठ, चन्द्रबहादुर कुँवर, पार्टी पूर्वसभापति एवं गण्डकी प्रदेशसभा सदस्य भेषबहादुर पौडेल, प्रदेशसभा सदस्य पार्वती तामाङ, टीकाकुमारी बस्याल, पूर्वसभापति एवं सुन्दरबजार नरपालिका प्रमुख कृष्णप्रसाद कोइराला लगायतको सहभागिता रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ