arrow

मनाउँदै सिथि नखः पर्व [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ११ बिहिबार
sithi nakha.jpg

काठमाडौं । नेवार समुदायले आज सिथि नखः पर्व मनाउँदैछन् । जेष्ठ शुक्ल पक्ष षष्ठीअर्थात् कुमार षष्ठीका दिन मनाउने यस पर्वलाई नेवार समुदायले वर्षा अघिको अन्तिम चाडको रुपमासमेत लिइन्छ । 

नेवार समुदायमा ऋतु अनुसारको चाडपर्व अनुसारका पकवान खाने प्रचलन रहेको छ । त्यसैले नेवार समुदायका चाडपर्व खानेकुराको नामले समेत प्रसिद्ध छ । त्यस्तै पर्वमध्ये एक हो सिथि नखः पर्व । सिथि नखःको दिन नेवार समुदाय मुहान, इनार, कुवा, पोखरी, धारालगायतका पानीको स्रोत सरसफाइ गर्दछन् ।

वर्षातको बेला बगेर आउने भेल र फोहरपानी खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनी पानीको मुहान र स्रोतको वरिपरिसमेत सरसफाइ गरी निकास खोल्नु यसको विशेषता हो । साथै हिँउदमा पुरिएको, थुनिएको र सुकेको मूललाई वर्षात्को पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मूलको सफाइ गर्ने गरेको हो ।

आजको दिन घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी (मुठ्ठी पारी बनाइएको विषेश खालको रोटी) समेत खाने गरिन्छ ।

यस चाडसँगै वर्षा शुरु हुने र किसानको वर्षको महत्वपूर्ण कार्य सिन्या ज्याः (धान रोपाइँ) शुरु हुने भएकाले यस चाडलाई वर्षा अघिको अन्तिम चाडको रुपमा लिइन्छ ।

_MG_0901 (1).jpg
_MG_0982.jpg
_MG_0881 (2).jpg
_MG_0892 (1).jpg
_MG_0935 (1).jpg
_MG_0889 (1).jpg
_MG_0960 (1).jpg
_MG_0978 (1).jpg
_MG_0957 (1).jpg
_MG_0964 (1).jpg
_MG_0922 (1).jpg
_MG_0921 (1).jpg
IMG_7495.jpg
IMG_7502.jpg
IMG_7508.jpg
IMG_7510.jpg
IMG_7482.jpg
IMG_7485.jpg
IMG_7499.jpg
IMG_7488.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ