arrow

दुलीमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु, आठ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ११ बिहिबार
jeep-accident-pyauthan.jpg

दाङ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ८ दुलीमा जीप दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा परेर चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।

आठ जना घाइते भएका छन्  । सानीभेरी गाउँपालिका– ५ मेलचौरबाट जिल्ला सदरमुकाम खलङगा जादै गरेको लु १ ज १७४७ नम्वरको जीप दुलीको मोतिखोलामा दुर्घटना हुन पुगेको हो ।

सो दुर्घटनामा परेर सानीभेरी गाउँपालिका ५ का देउचन खत्री, सोहि वडाका कर्ण बहादुर बाँठा, बाँफिकोट गाउँपालिका ८ की रेखा खत्री र उनको छोराको घटनास्थल मै मृत्यु भएको छ ।

दुर्घटनामा परेर आठ जना घाइते भएका छन् । उनीहरुलाई उद्धार गरेर उपचारको लागि पठाइएको छ ।

 दुर्घटनाको पूरा विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

जीप सडकबाट करिब चार सय मिटर तल खसेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ