arrow

रहेनन् दबंग २ अभिनेता नितेश

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १० बुधबार
nitesh-pandey-bollywood.jpg

मुम्बई । भारतीय टेलिभिजन तथा फिल्म अभिनेता नितेश पाण्डेको हृदयघातका कारण ५१ वर्षको उमेरमा निधन भएको छ । फिल्म ‘ओम शान्ति ओम’ र ‘दबंग २’ तथा टेलिसिरियल ‘अनुपमा’का अभिनेता नितेशको मंगलबार राती नासिकको इगतपुरीमा हृदयघात भएको थियो । जहाँ उनी सुटिङका लागि आएका थिए ।

नितेश ‘अनुपमा’मा धिरज कपुरको चरित्रमा थिए । नितेका निर्माता जेठान सिद्धार्थ नागरले उनको निधनको पुष्टि गरेका छन् । ‘हो तपाईंले सही सुन्नुभयो । मेरो ज्वाइ रहनु भएन । मेरी बहिनी अर्पिता पाण्डे शोकमा छन् । नितेशका पिता उनको पार्थिव शरीर लिनका लागि इगतपुरी जानुभएको छ । उहाँ दिउँसोसम्म यहाँ आइपुग्नुहुनेछ । हामी साँच्चै शून्य भयौं । अर्पिताले अहिले कसैसँग कुरा गर्न चाहेकी छैनन्’, सिद्धार्थले भनेका छन् ।

नितेशको यसअघि अश्विनी कालसेकरसँग विवाह भएको थियो । जसले अहिले मुरली शर्मासँग विवाह गरेकी छन् । फिल्म ‘ओम शान्ति ओम’मा उनले शाहरुखको सहायकको भूमिका निर्वाह गरेका थिए । उनले ‘खोसला का घोसला’मा पनि अभिनय गरेका थिए । हाल उनी ‘इण्डियावाली माँ’ र ‘अनुपमा’मा व्यस्त थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ