arrow

लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिनु पर्नेमा म पनि छु – प्रचण्ड 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ४ बिहिबार
prachanda-shishir-parliament.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले थरुहट मधेसको आन्दोलनको लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्नेमा आफू रहेको बताएका छन् । 

प्रतिनिधि सभाको बैठकमा प्रश्नोत्तरका क्रममा सांसद शिशिर खनालले सोधेको प्रश्नमा उनले सूचना आयोगले सर्वोच्च अदालतमा मुद्दा हालेपछि अदालतले सो प्रतिवेदन सार्वजनिक नगर्नु भनेर भनेपछि त्यो सार्वजनिक गर्न नसकिएको बताए । 

उनले यसलाई पुनरावेदन गरेर सार्वजनिक गरिनु पर्छ भन्ने आफ्नो मान्यता रहेको उनको भनाइ छ । 

सरकारले यस्ता घटनाका बारेमा आयोग गठन गरी प्रतिवेदन सार्वजनिक गर्दै गरेको उनले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ