arrow

प्रधानमन्त्री प्रचण्डले जवाफ दिने प्रतिनिधि सभाको बैठक दुई घण्टा ढिला गरी शुरु [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ४ बिहिबार

काठमाडौं । प्रतिनिधि सभाको बैठक दुई घण्टा ढिला गरी शुरु भएको छ । संघीय संसद भवन बानेश्वरमा प्रतिनिधि सभाको दोस्रो अधिवेशनको छैटौँ बैठक बिहान ११ बजेदेखि शुरु हुनुपर्ने भए पनि १२ः५७ बजेमात्र शुरु भएको हो  । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाका सदस्यहरुले सोधेको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । प्रचण्डले सांसदहरूका १५ प्रश्नको सामना गर्दै छन् । 

अहिलेको जल्दोबल्दो विषय नक्कली भुटानी शरणार्थी प्रकरण, पूर्वमाओवादी लडाकुको खर्च, वाइड बडी विमान, ललिता निवास प्रकरण लगायतका गम्भीर विषयमा सांसदहरूले प्रचण्डलाई प्रश्न गर्न लागेका हुन् ।

प्रचण्डलाई सोध्न २० सांसदले लिखित प्रश्न मंगलबार नै संसद् सचिवालयमा बुझाइसकेका थिए । प्रतिनिधि सभा नियमावलीको नियम ५६ ९५० मा एक दिनको बैठकमा बढीमा १५ जनाले मात्र प्रश्न गर्न मिल्ने व्यवस्था छ । 

साथै प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन’ पनि पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री भएपछि प्रचण्डले पहिलो पटक संसदमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिनेछन् । उनलाई जवाफ दिनका लागि पटक पटक सांसदहरुले आग्रह गर्दै आएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ