arrow

चट्याङ लागेर तीन यार्सा संकलक घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३१ आइतबार
lightning-final.jpg

दार्चुला । दार्चुलामा चटयाङमा परेर तीन जना घाइते भएका छन् । यार्सागुम्बा संकलन गरिरहेकामाथि चट्याङ पर्दा तीन जना घाइते हुन पुगेका हुन् । उनीहरुको अहिले उपचार भइरहेको छ ।  

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार दुहुँ गाउँपालिका– १ पिपलचौरीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा र सोही गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल घाइते हुन पुगेका हुन् ।

यसअघि पनि यार्सा संकलन हिम पहिरोमा पुरिदाँ झन्डै आधा दर्जनको मृत्यु भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ