arrow

मुगुमा समताका डेढ सय विद्यार्थीको बिचल्ली, ९ महिनादेखि शिक्षक तलबविहीन

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० वैशाख ३१ आइतबार
mugu-samata.JPG

मुगु । हिमाली जिल्ला मुगुमा सञ्चालित समता स्कुलमा अध्ययनरत विद्यार्थीहरू बिचल्लीमा परेका छन् । २०७५ सालदेखि जिल्ला सदरमुकाम गमगढीमा स्थापना भई अध्यापन गराउँदै आएको समता स्कुल आर्थिक अभावमा बन्द भएपछि विद्यार्थी यति बेला बिचल्लीमा परेका हुन । 

मदन बहादुर हरि बहादुर फाउन्डेसद्वारा सञ्चालित यो विद्यालयमा गरिब, दलित, पिछडिएका बालबालिकाले सहज गुणस्तरीय शिक्षा पाउने भन्दै विद्यालयका प्रमुख फाउण्डर उत्तम सन्जेल र सुदर्शन पौडेलले मुगुमा विद्यालय स्थापना गराएको भए पनि समता स्कुल पाँच वर्ष नबित्दै संस्थापन पक्षले हात झिक्न थालेपछि समता स्कुलमा अध्ययनरत १ सय ३० जना विद्यार्थीको भविष्य माथि खेलबाड भएको हो ।

मुगुमा रहेको विद्यालय स्थापना गर्ने संस्थापकको लापरबाहीले विद्यालय बन्द गर्ने कि सञ्चालन गर्ने किचलोका कारण समता स्कुलमा अध्ययनरत १ सय ३० जना विद्यार्थी बिचल्लीमा परेका हुन् । विद्यालय सञ्चालनको लागी छायाँनाथ रारा नगरपालिकाले दुई कक्षासम्मको अनुमति दिइएको भए पनि विद्यालयले मनोमानी रूपमा पाँच कक्षासम्म सञ्चालन गरेको पाइएको छ । 

संस्थापक पक्षले विद्यालय सञ्चालन मनोमानी रूपमा गरेको र पाँच वर्ष नुहुँदै सञ्चालनमा समस्या देखाउँदै हात झिक्न थालेपछि गरिब, दलितका विद्यार्थी पुन पढ्न पाउने कि नपाउने भन्नेमा चिन्ताको पिरलोमा परेका छन् ।

अन्य विद्यालय भर्ना हुनको लागी स्थानान्तरण प्रमाण पत्र आवश्यक पर्छ, त्यो विद्यालयले दिने अवस्था छैन । विद्यालय स्तर एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आईईएमआईएस ) अद्यावधिक विद्यालयले गराएको छैन । कसरी हामी हाम्रा बालबालिकालाई अन्य विद्यालयमा भर्ना गर्ने अभिभावक कृष्णमाया मल्ल भन्छिन् ।

शैक्षिक सत्र सुरु भएको महिना दिन बितिसक्दा पनि समता स्कुलमा अध्ययनरत विद्यार्थीहरूले पढ्न पाएका छैनन् । अर्को विद्यालयमा अध्ययन गर्नको लागी स्थानान्तरण प्रमाणपत्र आवश्यक पर्ने र विद्यालय स्तर एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आईईएमआईएस ) अद्यावधिक हुनु पर्ने भएको भए पनि विद्यालयले मनोमानी विद्यालय सञ्चालन गरेकाले स्थानीय तहमा त्यो अद्यावधिक गराएको छैन । 

समता स्कुलमा अध्ययनरत विद्यार्थीहरूको आईईएमआईएस अद्यावधिक नहुँदा अन्य विद्यालयमा भर्ना हुन पनि समस्या भएको समता स्कुलका सहायक प्रधानाध्यापक समुन्द्र कुमार मल्लले बताए । 

विद्यालय अवैधानिक रूपमा सञ्चालित छ भन्ने कुरा आफुले चालु वार्षिक परीक्षा पछि मात्रै थाहा पाएको र स्थानीय तहको अनुमति नलिई मनोमानी रूपमा विद्यालय सञ्चालन गरिनु दुखद भएको बताउँदै मल्लले समता स्कुलमा अध्ययनरत १ सय ३० जना विद्यार्थीहरूको भविष्य माथि समता स्कुलको केन्द्रीय व्यवस्थापनले खेलबाड गरेको आरोप लगाए ।

गरिब, दलितका छोराछोरीहरूले प्रति महिना १०० रुपैयाँ शुल्कमा पढ्न पाउने भनिए पनि पछि ३ वर्ष यतादेखि मासिक ५०० शुल्क तिरेर अभिभावकहरू आफ्ना छोराछोरी पढाउँदै आएका थिए । 

गरिवका अभिभावकले आफ्ना सन्तानका लागी घोषित शुल्क भन्दा बढी तिर्दै आए पनि समता स्कुलमा अध्यापन गराउँदै आएका ५ जना शिक्षकले पनि करिब ९ महिना देखि तलब पाएका छैनन् । विद्यालय प्रशासन र संस्थापकको झुटो आश्वासनले पटक पटक भ्रममा परी अध्यापन गराउँदै आएका ५ जना शिक्षकहरूले ९ महिना देखि आफूहरूले तबल नपाएको गुनासो गरेका थिए । 

यस विषयमा बुझ्न समता स्कुलका संस्थापक कर्णाली प्रदेशको जिम्मेवारी पाएका सुदर्शन पौडेललाई फोन सम्पर्क गर्दा पत्रकारको परिचय दिएपछि फोन तुरुन्तै काटेर व्यस्तमा राखेका छन् । 

समता स्कुल देश भरी ८१ वटा शाखा रहेका बुझिएको छ । विद्यार्थीको नाममा लुट्न कसैलाई छुट छैन । गरिबलाई सहुलियत शुल्कको लोभ देखाएर भर्ना गर्ने तर कतैबाट सहयोग नजुटेको, आर्थिक अभाव देखाएर विद्यार्थीलाई बिचैमा छोड्ने अधिकार समता विद्यालयको व्यवस्थापनसँग छैन । 

मुगुमा रहेको समता स्कुलमा अध्ययनरत विद्यार्थी अभिभावकहरू भन्छन् समता स्कुलको व्यवस्थापनले हाम्रो विवशताको फाइदा उठाउँदै हाम्रो गरिबतालाई देखाउँदै देश र विदेशका दाताहरूबाट आर्थिक कुम्लायो अहिले आएर हाम्रा बालबालिकालाई अलपत्र पार्‍यो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ