arrow

अभिनेत्री परिणीति चोपडा र आम आदमी पार्टीका राघव चड्डाबीच इन्गेजमेन्ट 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३० शनिबार
parinati-chopada-raghav-chhadha.jpg

नयाँदिल्ली । आज अभिनेत्री परिणीति चोपडा र आम आदमी पार्टी (आप) का नेता राघव चड्डाबीच आज इन्गेजमेन्ट हुँदैछ । दुवैले कपुरथला हाउस, नयाँदिल्लीमा एक विशेष समारोहका बीचमा आज इंगेजमेन्ट गर्न लागेका हुन् । 

त्यसका लागि उनीहरु दुवै जना मुम्बईवाट नयाँ दिल्ली प्रस्थान गरेका थिए । मनिष मल्होत्राले परिणीतिको ड्रेस डिजाइन गरेका थिए । जुन ड्रेसमा उनी खुल्ने देखिएकी छिन् । 
 
उक्त इन्गेजमेन्टलाई गोप्य राखिएको छ । सयदेखि १५० को संख्यामा पाहुना सहभागी हुनेछन् । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल पनि हुनेछन् । त्यस्तै पञ्जाबका मुख्यमन्त्री भगवंन्त मान पनि हुनेछन् । 

अभिनेत्रीहरु प्रियंका चोपडा, सानिया मिर्जा, करण जोहर लगायत पनि हुनेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ