arrow

सांसदका छोरालाई कुटपिट गर्ने वकिल दोषी ठहर

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २९ शुक्रबार
rule-of-law.jpg
तस्बिर – फाइल ।

उदयपुर । प्रदेश सांसद सम्झना तामाङका ७ वर्षीय छोरालाई कुटपिट गर्ने एक जना अधिवक्ता दोषी ठहर भएका छन् ।

बालकलाई कुटपिट गरेको आरोपमा पक्राउ परी धरौटीमा रिहा भएका अधिवक्ता इन्द्र तामाङलाई जिल्ला अदालत उदयपुरले दोषी ठहर गरेको हो ।

अधिवक्ता तामाङले २०७७ असार २२ गते सो बालकलाई मरणासन्न हुनेगरी कुटपिट गरेको आरोपमा पक्राउ परी रिहा भएका थिए । 

तर बुधबार जिल्ला अदालत उदयपुरले उनलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको हो ।

न्यायाधीश कृष्णप्रसाद सुवेदीको एकल इजालसले अधिवक्ता तामाङको कसुर ठहर गर्दै सजाय निर्धारणका लागि जेठ १७ गते पुनः पेस गर्न आदेश दिएका छन् । सोही दिन उनको सजायँ तोकिनेछ । 

उनी माओवादीको तर्फबाट कोशी प्रदेशका लागि समानुपातिक सांसद हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ