arrow

नेपालगञ्जमा टिपरको ठक्करले भारतीय नागरिकको मृत्यु

logo
सौरभ गिरी, 
प्रकाशित २०८० वैशाख २६ मंगलबार
accident-final-1618290232.jpg

नेपालगञ्ज । नेपालगञ्जको पुरैनीमा टिपरको ठक्करबाट एक जना भारतीय नागरिकको मृत्यु भएको छ। मंगलबार दिउँसो साढे १ बजे नेपालगन्ज वडा नम्बर २२ स्थित कान्तितालको गेट अगाडि भे १ ख २२७१  नम्बरको टिपरले यूपी ४० जे १ २१७ नम्बरको भारतीय मोटरसाइकललाई ठक्कर दिँदा ती भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

नेपालगन्जबाट कम्दीतर्फ जाँदै गरेको तीव्र गतीमा रहेको उक्त टिपरले विपरीत दिशाबाट नेपालगन्ज आउँदै गरेको मोटरसाइकललाई ठक्करबाट दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको बाँके प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ। ठक्करबाट मृत्यु हुने भारतीय नागरिकको नाम खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ