arrow

प्रि–बजेटबारेको छलफल जारी [लाइभ] 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २६ मंगलबार

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आज पनि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट)का बारेमा छलफल जारी रहेको छ । गत आइतबार बसेको प्रतिनिधि सभा कार्य ब्यवस्था समितिको बैठकले निर्णय गरे अनुसार आज पनि प्रि बजेटका बारेमा छलफल जारी रहेको हो ।

बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म भोलिसम्म तीन दिन घनिभूत रुपमा प्रि–बजेटमाथि छलफल भइरहेको हो । आज दिउँसो आधा घण्टाका लागि भनी स्थगित भएको बैठक भने एक घण्टापछिमात्र चालु भएको छ । 

अर्थमन्त्री डा. प्रकाशशरण महत राष्ट्रिय सभामा सहभागी हुन जान पर्ने भएको भन्दै सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित भएको जनाएका थिए । तर बैठक भने एक घण्टापछिमात्र चालु भएको हो । 

२७ गते बुधबार यो तीन दिनमा उठेका प्रश्नको अर्थमन्त्री डा। प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

त्यसपछि मात्रै सरकारको नीति तथा कार्यक्रम आउने छ । संविधान अनुसार हरेक वर्षको जेठ १५ गते आर्थिक वर्षको वार्षिक बजेट प्रस्तुत हुन्छ ।

बजेटका बेलामा आरोप प्रत्यारोप
सांसदहरुबीच उत्कृष्ट बजेट कसरी ल्याउने र कुन कुरालाई प्राथमिकता दिनुपर्छ भनेर चर्चा गर्नुभन्दा पनि एक दल र अर्को दललाई आरोप–प्रत्यारोप गर्ने क्रम बढिरहेको छ । 

जिम्मेवारी लिने भन्दा पनि दोष दिने क्रम बढेको हो । त्यस्तै संसदमा भ्रष्टाचारको विषयले प्राथमिकता पाएको छ । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेताहरु मुछिएपछि त्यसको बचाउ गर्ने क्रममा एकले अर्कालाई दोषारोपण गर्दैै पुराना मुद्दाहरु जोड्ने क्रम जारी रहेको छ । 

बजेटलाई पनि त्यही विषयसँग जोड्न थालिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ