arrow

मेस्सीले जिते लौरियस अवार्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २६ मंगलबार
messi-world-cup-kiss-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौं । अर्जेन्टिनी राष्ट्रिय फुटबल टिमका कप्तान लियोनल मेस्सी र विश्व विजेता अर्जेन्टिनी फुटबल टिमले यस वर्षको लौरियस अवार्ड प्राप्त गरेका छन् ।

अर्जेन्टिनालाई विश्वकप जिताएका मेस्सीले ब्यक्तिगततर्फ र विश्व विजेता अर्जेन्टिनी फुटबलका सदस्यले विश्व खेलकुदको प्रतिष्ठित अवार्ड प्राप्त गरेका हुन् । 

मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कतारमा गत डिसेम्बरमा सम्पन्न विश्वकप फुटबलको उपाधि जितेको थियो । सो प्रतियोगितामा मेस्सीले ७ गोल गर्दै गोल्डेन बलसमेत प्राप्त गरेका थिए ।

मेस्सी एउटै वर्षमा ब्यक्तिगत र टिमको रुपमा अवार्ड प्राप्त गर्ने पहिलो खेलाडी बनेका छन् ।

स्पोर्ट्स वुमन अफ द इयरको अवार्ड जमैकाकी स्प्रिन्टर शेली एन फ्रेजर प्रिसले प्राप्त गरिन् ।

वर्षभर खेलकुदमा खेलाडी र टिमले प्राप्त गरेको उपलब्धिका आधारमा हरेक वर्ष यो अवार्ड प्रदान गरिँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ