arrow

तेह्र वर्षे बालिका बलात्कार आरोपमा दुई युवा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २२ शुक्रबार
crime-final-everytime-use.jpg
तस्बिर – फाइल ।

बर्दिया । बर्दियामा १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।  राजापुर नगरपालिका–६, जोगीपुर बस्ने २६ वर्षीय राजाराम थारु र सोही ठाउँ बस्ने २२ वर्षीय शनीराम थारुलाई बालिका बलात्कार आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

ती बालिकालाई बुधबार राति बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको टोलीले बिहीबार राति उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ