arrow

नेपालले इतिहास रच्दाका साक्षीहरु [फोटोफिचरसहित] 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १९ मंगलबार
nepal-asia-cup-2023.jpg

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले मंगलबार इतिहास रचेको छ । नेपाल एसिया कपमा छनोट भएको छ । हुनत नेपाल सन् २००२ मै एसिया कपमा छानिएको थियो । 

सिंगापुरमा भएको एसीसी ट्रफीको फाइनलमा पुग्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो । एसीसी ट्रफीको फाइनलमा पुगेका दुई टोली नेपाल र यूएई एसिया कपका लागि छनोट भएका थिए । 

तर भारत र पाकिस्तानबीच कारगिलमा युद्ध चलिरहेको बेलामा भारतले पाकिस्तानसँग खेल्न अस्वीकार गरेपछि नेपाल र यूएई छनोट भएर पनि एसिया कप खेल्न बन्चित भएका थिए । 

सन् २००५ मा पाकिस्तानमा भएको एसियाली क्रिकेट परिषद् (एसीसी) को बैठकले २००२ को एसीसी ट्रफीबाट छनोट भएर आएको एक संस्करण हटाउँदै सन् २००६ मा एसिया कप आयोजना गर्ने निर्णय गरेपछि नेपाल झन्डै दुई दशक अगाडि नै भारत र पाकिस्तानसँग एक दिसीय अन्तर्राष्ट्रय खेल्न वञ्चित भएको थियो ।

यसपालि एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा यूएईलाई हराउँदै उपाधि जितेसँगै नेपाल एसिया कपमा छनोट भएको हो । 

नेपालले पहिलो पटक सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा नेपाल भारत र पाकिस्तानको समूहमा रहेर खेल्नेछ । तर अहिले भारत पाकिस्तानमा गएर नखेल्ने हल्लासमेत चल्न थालेका छन् । यद्यपि यदि भारत गएर पाकिस्तानमा एसिया कप खेलेन भने पाकिस्तान पनि भारतमा यसै सन् २०२३ मा हुने विश्वकपका लागि भारत आउने छैन । 

यी सम्भावित विषयलाई ध्यानमा राखेर नेपालले पहिलो पटक एसिया कपमा भारत र पाकिस्तानको सामना गर्नेछ । 

त्यसअघि नेपालले जिम्बावेमा हुने विश्वकप एक दिवसीय क्वालिफायर्समा खेल्नेछ । 

नेपाललाई एसीसी प्रिमियर कपको उपाधि 
नेपालले बैशाख १९ गते मंगलबार एसीसी प्रिमियर कपको उपाधि जित्यो । नेपालले यूएईलाई ७ विकेटले हराउँदै उपाधि जितेको हो । 

नेपाललाई जिताउन प्लेयर अफ द फाइनल १७ वर्षे खेलाडी गुल्शनकुमार झाले अविजित रहँदै ६७ रन बनाएका थिए । उनले १ विकेटसमेत लिएका थिए । ११८ रनको झिनो चुनौती पछ्याउने क्रममा गुृल्शनले चौथो विकेटका लािग २१ वर्षे भीम शार्कीसँग मिलेर ९६ रनको साझेदारी गरेका थिए । 

गुल्शनले ६ छक्का र ३ चौकाको मद्धतले ८४ बलमा ६७ रन बनाएका थिए । त्यस्तै भीमले ७२ बलमा ३६ रन बनाएका थिए । 

गुल्शनले विश्वकप लिग २ को अन्तिम खेलमा पनि यूएईविरुद्ध अविजित ५० रन बनाएका थिए । यसअघि नेपालले २२ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो । नेपालका लागि आसिफ शेखले ८ तथा रोहित पौडेल र कुशल भुर्तेलले १–१ रन बनाएका थिए । 

यूएईले सोमबारदेखि नै खेलिरहेको थियो । खेल वर्षाले पूरा नभएपछि मंगलबार सोमबारकै अवस्थाबाट खेलिएको थियो । यूएईले सोमबार २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रनबाट अगाडि खेलेकामा दशौँ विकेटका लागि ११ रनको साझेदारी गर्दै सबै विकेट गुमाएर ३३.१ ओभरमा ११७ रन बनाएको थियो ।

आसिफ खानले सर्वाधिक ४६ रन बनाएका थिए । नेपालका लागि ललित राजवंशीले ४ तथा सन्दीप लामिछाने र करण केसीले २–२ विकेट लिए । त्यस्तै सोमपाल कामी र गुल्शन झाले १–१ विकेट लिए । 

यो खेल हेर्न कीर्तिपुर मैदानमा २० हजार बढी दर्शक पुगेका थिए । सोमबार टिकटको व्यवस्था भएको भए पनि फाइनल सोमबार पूरा हुन नसकेपछि मंगलबार निःशुल्क प्रवेश दिइएको थियो ।
 

nepal-cricket-2080-01-19 (1).jpeg
nepal-cricket-2080-01-19 (1).jpg
nepal-cricket-2080-01-19 (2).jpeg
nepal-cricket-2080-01-19 (2).jpg
nepal-cricket-2080-01-19 (3).jpeg
nepal-cricket-2080-01-19 (3).jpg
nepal-cricket-2080-01-19 (4).jpeg
nepal-cricket-2080-01-19 (4).jpg
nepal-cricket-2080-01-19 (5).jpg
nepal-cricket-2080-01-19 (6).jpg
nepal-cricket-2080-01-19 (7).jpg
nepal-cricket-2080-01-19 (8).jpg
nepal-cricket-2080-01-19 (9).jpg
nepal-cricket-2080-01-19 (10).jpg
nepal-cricket-2080-01-19 (11).jpg
nepal-cricket-2080-01-19 (12).jpg
nepal-cricket-2080-01-19 (13).jpg
nepal-cricket-2080-01-19 (14).jpg
nepal-cricket-2080-01-19 (15).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ