arrow

नेपालले रच्यो इतिहास, एसिया कपमा छनोट, यूएईलाई ७ विकेटले हराउँदै प्रिमियर कप जित्न सफल 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १९ मंगलबार
acc-nepal-team-2023.jpeg

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले मंगलबार इतिहास रचेको छ । नेपाल एसिया कपमा छनोट भएको छ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा यूएईलाई हराउँदै उपाधि जितेसँगै नेपाल एसिया कपमा छनोट भएको हो । 

सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा नेपाल भारत र पाकिस्तानको समूहमा रहेर खेल्नेछ । 

त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा ११८ रनको चुनौती नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

नेपाललाई जिताउन कठिन परिस्थतिलाई सुधार गर्दै १७ वर्षे खेलाडी गुल्शनकुमार झा र २१ वर्षे भीम शार्कीले चौथो विकेटका लागि शानदार साझेदारी गरेका थिए । 

गुल्शनले आक्रामक खेल प्रदर्शन गर्दै एक दिवसीयमा दोस्रो अर्धशतक पूरा गरेका छन् । गुल्शनले ८४ बलमा ६ छक्का र ३ चौकाको मद्धतले अविजित रहँदै ६७ रन बनाए । 

भीमले ७२ बलमा ३६ रन बनाए । गुल्शन र भीमबीच चौथो विकेटका लागि अविजित ९६ रनको साझेदारी भएको छ । 

यसअघि नेपालको इनिङ्स–

नेपालले १ रन जोड्दा पहिलो विकेट गुमायो  । कुशल भुर्तेल ८ बलमा १ रन बनाएर आउट भए । 

नेपालले १९ रन जोड्दा दोस्रो विकेट गुमायो । आशिफ शेख ८ रन बनाएर आउट भए । 

नेपालले ८ ओभरमा २२ रन जोड्दा तेस्रो विकेट गुमायो । कप्तान रोहित पौडेल ९ बलमा १ रन बनाएर आउट भए । 

नेपालले यूएईलाई ११७ रनमा रोकेपछि ११८ रनको चुनौती पाएको थियो । 

हिजो हुनुपर्ने खेल वर्षाले पूरा नभएपछि आज हिजोकै अवस्थाबाट खेलिएको हो । यूएईले आज २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रनबाट अगाडि खेलेकामा दशौँ विकेटका लागि ११ रनको साझेदारी गर्दै सबै विकेट गुमाएर ३३.१ ओभरमा ११७ रन बनाएको थियो ।

आसिफ खानले सर्वाधिक ४६ रन बनाएका थिए ।  नेपालका लागि ललित राजवंशीले ४ तथा सन्दीप लामिछाने र करण केसीले २–२ विकेट लिए । त्यस्तै सोमपाल कामी र गुलसन झाले १–१ विकेट लिए । 

यस्तो रह्यो यूएईको इनिङ्स– 
यूएईले ३.१ ओभरमा १७ रन बनाउँदा पहिलो विकेट गुमायो । कप्तान मुहम्मद वासिम ११ रन बनाएर आउट भए । सोमपाल कामीले विकेट लिए । 

यूएईले ४.५ ओभरमा २८ रन जोड्दा दोस्रो विकेट गुमायो । वृत्य अरविन्द ८ रन बनाएर आउट भए । करण केसीले विकेट लिए । 

यूएईले ८.१ ओभरमा ३५ रन बनाउँदा तेस्रो विकेट गुमाएको छ । आर्यन लाक्रा १३ रन बनाएर आउट भएका छन् । उनलाई करण केसीले आउट गरे । 

यूएईले ९.१ ओभर खेल्दा ३५ रन जोड्दा चौथो विकेट गुमाएको छ । रमिज शहजाद १ रन बनाएर आउट भए । उनलाई रलित राजवंशीले आउट गरे । 

यूएईले १३.१ ओभरमा ५१ रन जोड्दा पाँचौं विकेट गुमाएको छ । रोहन मुस्तफा २ रन बनाएर आउट भएका छन् । सन्दीप लामिछानेले विकेट लिएका हुन् ।

यूएईले २२.५ ओभरमा ९० रन जोड्दा छैटौं विकेट गुमाएको छ । बसिल हमिद १० रन बनाएर आउट भएका छन् । उनलाई गुल्सन झाले आउट गरे ।  

यूएईले २५.४ ओभरमा १०३ रन जोड्दा सातौं विकेट गुमाएको छ । आयान अफ्जल खान ५ रन बनाएर आउट भएका छन् । सन्दीप लामिछानेले विकेट लिएका हुन् । 

यूएईले २७.२ ओभरमा १०६ रन जोड्दा आठौं विकेट गुमाएको छ । आसिफ खान सर्वाधिक ४६ रन बनाएर आउट भए । ललित राजवंशीले विकेट लिएका हुन् । 

यूएईले २७.३ ओभरमा १०६ रन जोड्दा नवौं विकेट गुमायो । जहुर खान डकआउट भएका छन् । ललित राजवंशीले विकेट लिए । 

यूएईले ३३.१ ओभरमा ११७ रन जोड्दा दशौं विकेट गुमायो । जुनैद सिद्धिकी १० रन बनाएर आउट भए । ललित राजवंशीले विकेट लिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ