arrow

एसीसी प्रिमियर कप

नेपाल–यूएई फाइनलः मंगलबार यूएईले बाँकी ब्याटिङ गर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १८ सोमबार
tu-cricket-ground-raining-audience.jpg

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेल दोस्रो पटक वर्षाका कारण रोकिएपछि मंगलबार निरन्तरता पाउने भएको छ । नेपाल र यूएईबीच त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा भइरहेको खेल दोस्रो पटक वर्षाले रोकिएपछि अब मंगलबार बिहान यूएईले बाँकी रहेको ब्याटिङ गर्नेछ । 

वर्षाले रोकिनुपूर्व यूएईले पहिले ब्याटिङ गर्दै २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रनमात्र बनाएको थियो । आसिफ खानले सर्वाधिक ४६ रन बनाएका छन् । 

नेपालका लागि ललित राजवंशीले ३ तथा सन्दीप लामिछाने र करण केसीले २–२ विकेट लिए । त्यस्तै सोमपाल कामी र गुलसन झाले १–१ विकेट लिए । 

मंगलबार बिहान यूएईले ९ विकेटको क्षतिमा १०६ रनबाटै अगाडि खेल्नेछ । 

यूएई इनिङ्स– 
यूएईले पहिलो विकेट १७ रन बनाउँदा गुमायो । कप्तान मुहम्मद वासिम ११ रन बनाएर आउट भए । सोमपाल कामीले विकेट लिए । 

यूएईले २८ रन जोड्दा दोस्रो विकेट गुमायो । वृत्य अरविन्द ८ रन बनाएर आउट भए । करण केसीले विकेट लिए । 

यूएईले ८.१ ओभरमा ३५ रन बनाउँदा तेस्रो विकेट गुमाएको छ । आर्यन लाक्रा १३ रन बनाएर आउट भएका छन् । उनलाई करण केसीले आउट गरे । 

यूएईले ९.१ ओभर खेल्दा ३५ रन जोड्दा चौथो विकेट गुमाएको छ । रमिज शहजाद १ रन बनाएर आउट भए । उनलाई रलित राजवंशीले आउट गरे । 

यूएईले १३.१ ओभरमा ५१ रन जोड्दा पाँचौं विकेट गुमाएको छ । रोहन मुस्तफा २ रन बनाएर आउट भएका छन् । सन्दीप लामिछानेले विकेट लिएका हुन् ।

यूएईले २२.५ ओभरमा ९० रन जोड्दा छैटौं विकेट गुमाएको छ । बसिल हमिद १० रन बनाएर आउट भएका छन् । उनलाई गुल्सन झाले आउट गरे ।  

यूएईले २५.४ ओभरमा १०३ रन जोड्दा सातौं विकेट गुमाएको छ । आयान अफ्जल खान ५ रन बनाएर आउट भएका छन् । सन्दीप लामिछानेले विकेट लिएका हुन् । 

यूएईले २७.२ ओभरमा १०६ रन जोड्दा आठौं विकेट गुमाएको छ । आसिफ खान सर्वाधिक ४६ रन बनाएर आउट भए । ललित राजवंशीले विकेट लिएका हुन् । 

यूएईले २७.३ ओभरमा १०६ रन जोड्दा नवौं विकेट गुमायो । जहुर खान डकआउट भएका छन् । ललित राजवंशीले विकेट लिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ