arrow

चम्किए बलर, जब्बर दर्शक [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १८ सोमबार
tu-cricket-ground-raining-audience.jpg

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेल दोस्रो पटक वर्षाका कारण रोकिएको छ । नेपाल र यूएईबीच त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा भइरहेको खेल दोस्रो पटक वर्षाले रोकिएको हो ।  

तर त्रिभुवन विश्वविद्यालयको मैदान कीर्तिपुरमा फाइनल खेल हेर्नका लागि दर्शकहरु भने कतिबेला वर्षा रोकिएला भनेर व्यग्र प्रतिक्षाका साथ बसिरहेका छन् । 

उनीहरु छाता ओढेर खेल हुने आशामा कुरिरहेका छन् । पानी परेपछि पिच त्रिपालले छोपिएको छ । 

खेल बिहान १०ः२५ मिनेटमा पहिलो पटक रोकिएको थियो । त्यसपछि केहीबरेमै शुरु भएको थियो । दोस्रो पटक त्रिवि क्रिकेट मैदानमा पानी परेपछि केहीबेर खेल रोकिएको थियो । पानी पर्न रोकिएपछि खेल पुनः सुरु भएको थियो । ११ः४८ मा फेरि वर्षा भएको थियो । त्यसपछि भने खेल शुरु हुन सकेको छैन । 

वर्षाले रोकिनुपूर्व यूएईले पहिले ब्याटिङ गर्दै २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रनमात्र बनाएको थियो । त्यसअघि १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाउँदा पनि वर्षाले खेल रोकिएको थियो । 

आसिफ खानले सर्वाधिक ४६ रन बनाएका छन् । 

यूएई इनिङ्स– 
यूएईले पहिलो विकेट १७ रन बनाउँदा गुमायो । कप्तान मुहम्मद वासिम ११ रन बनाएर आउट भए । सोमपाल कामीले विकेट लिए । 

यूएईले २८ रन जोड्दा दोस्रो विकेट गुमायो । वृत्य अरविन्द ८ रन बनाएर आउट भए । करण केसीले विकेट लिए । 

यूएईले ८.१ ओभरमा ३५ रन बनाउँदा तेस्रो विकेट गुमाएको छ । आर्यन लाक्रा १३ रन बनाएर आउट भएका छन् । उनलाई करण केसीले आउट गरे । 

यूएईले ९.१ ओभर खेल्दा ३५ रन जोड्दा चौथो विकेट गुमाएको छ । रमिज शहजाद १ रन बनाएर आउट भए । उनलाई रलित राजवंशीले आउट गरे । 

यूएईले १३.१ ओभरमा ५१ रन जोड्दा पाँचौं विकेट गुमाएको छ । रोहन मुस्तफा २ रन बनाएर आउट भएका छन् । सन्दीप लामिछानेले विकेट लिएका हुन् ।

यूएईले २२.५ ओभरमा ९० रन जोड्दा छैटौं विकेट गुमाएको छ । बसिल हमिद १० रन बनाएर आउट भएका छन् । उनलाई गुल्सन झाले आउट गरे ।  

यूएईले २५.४ ओभरमा १०३ रन जोड्दा सातौं विकेट गुमाएको छ । आयान अफ्जल खान ५ रन बनाएर आउट भएका छन् । सन्दीप लामिछानेले विकेट लिएका हुन् । 

यूएईले २७.२ ओभरमा १०६ रन जोड्दा आठौं विकेट गुमाएको छ । आसिफ खान सर्वाधिक ४६ रन बनाएर आउट भए । ललित राजवंशीले विकेट लिएका हुन् । 

यूएईले २७.३ ओभरमा १०६ रन जोड्दा नवौं विकेट गुमायो । जहुर खान डकआउट भएका छन् । ललित राजवंशीले विकेट लिए । 

IMG_9863.jpg
IMG_9866.jpg
IMG_9871.jpg
IMG_9865.jpg
IMG_9894.jpg
IMG_9877.jpg
IMG_9867.jpg
IMG_9880.jpg
IMG_9893.jpg
IMG_9882.jpg
IMG_9868.jpg
IMG_9896.jpg
IMG_9898.jpg
IMG_9889.jpg
IMG_9875.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ