arrow

एसीसी प्रिमियर कप

नेपाल–यूएईको खेल वर्षाले रोकियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १८ सोमबार
tu-groung-rain-2023-05-01.jpeg

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेल वर्षाले रोकिएको छ । नेपाल र यूएईबीच त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा भइरहेको खेल वर्षाले रोकिएको हो । 

वर्षाले रोकिनुपूर्व यूएईले टस हारेर पहिले ब्याटिङ गर्दै १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाएको छ । 

नेपालका लागि करण केसीले २ तथा सोमपाल कामी, ललित राजवंशी र सन्दीप लामिछानेले १–१ विकेट लिएका छन् । 

यूएई इनिङ्स– 
यूएईले पहिलो विकेट १७ रन बनाउँदा गुमायो । कप्तान मुहम्मद वासिम ११ रन बनाएर आउट भए । सोमपाल कामीले विकेट लिए । 

यूएईले २८ रन जोड्दा दोस्रो विकेट गुमायो । वृत्य अरविन्द ८ रन बनाएर आउट भए । करण केसीले विकेट लिए । 

यूएईले ८.१ ओभरमा ३५ रन बनाउँदा तेस्रो विकेट गुमाएको छ । आर्यन लाक्रा १३ रन बनाएर आउट भएका छन् । उनलाई करण केसीले आउट गरे । 

यूएईले ९.१ ओभर खेल्दा ३५ रन जोड्दा चौथो विकेट गुमाएको छ । रमिज शहजाद १ रन बनाएर आउट भए । उनलाई रलित राजवंशीले आउट गरे । 

यूएईले १३.१ ओभरमा ५१ रन जोड्दा पाँचौं विकेट गुमाएको छ । रोहन मुस्तफा २ रन बनाएर आउट भएका छन् । सन्दीप लामिछानेले विकेट लिएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ