arrow

नेपाल र यूएई मैदानमा, नेपाल फिल्डिङमा [अपडेट]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १८ सोमबार
acc-final-nepal-uae-toss.jpeg

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा अहिले नेपाल र यूएई भिडिरहेका छन् । त्रिभुवन विश्वविद्यालयको मैदान कीर्तिपुरमा नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ । 

मौसम राम्रो नभए पनि टस भएसँगै खेलमा नेपालले पहिले फिल्डिङ थालेको हो । काठमाडौंका विभिन्न स्थानमा भने सिमसिम वर्षा भइरहेको छ । 

नेपालले शुरुआतदेखि नै विकेट लिएको छ । 

यूएईले पहिलो विकेट १७ रन बनाउँदा गुमायो । कप्तान मुहम्मद वासिम ११ रन बनाएर आउट भए । सोमपाल कामीले विकेट लिए । 

यूएईले २८ रन जोड्दा दोस्रो विकेट गुमायो । वृत्य अरविन्द ८ रन बनाएर आउट भए । करण केसीले विकेट लिए । 

यूएईले ८.१ ओभरमा ३५ रन बनाउँदा तेस्रो विकेट गुमाएको छ । आर्यन लाक्रा १३ रन बनाएर आउट भएका छन् । उनलाई करण केसीले आउट गरे । 

यूएईले ९.१ ओभर खेल्दा ३५ रन जोड्दा चौथो विकेट गुमाएको छ । रमिज शहजाद १ रन बनाएर आउट भए । उनलाई रलित राजवंशीले आउट गरे । 

यूएईले १३.१ ओभरमा ५१ रन जोड्दा पाँचौं विकेट गुमाएको छ । रोहन मुस्तफा २ रन बनाएर आउट भएका छन् । सन्दीप लामिछानेले विकेट लिएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ