arrow

प्रिमियर कपमा ओमान तेस्रो स्थानमा, फाइनलमा सोमबार नेपाल र यूएई भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १७ आइतबार
acc-oman-kuwait.jpeg

काठमाडौं । काठमाडौंमा जारी एसीसी मेन्स प्रिमियर कप क्रिकेटको तेस्रो स्थानका लागि भएको भिडन्त वर्षाले गर्दा रद्द भएको छ । खेल रद्द भएसँगै समूह चरणको रन रेटका आधारमा ओमानले तेस्रो स्थान ओगटेको हो । 

खेलमा पहिले ब्याटिङ गरेको कुवेतले ३१.३ ओभरमा अलआउट हुँदै १३० रन बनायो । अद्नान इद्रिसले ३४ रन बनाएको इनिङ्समा सायेद मोनिबले १० बलमा २८ रन जोडे । 

ओमानका जय अडेड्राले १४ रन खर्चेर ५ विकेट लिए । 

जवाफमा ओमानले ६ ओभरमा कुनै विकेट नगुमाइ ४१ रन जोड्दा वर्षाले त्यस अगाडिको खेल सम्भव नभएपछि रद्द हुँदा समूह चरणको रन रेटका आधारमा ओमान तेस्रो भएको हो । 

समूह चरणमा समूह ए मा रहेको ओमान उपविजेता भएको थियो । उसको ६ अंक थियो र रन रेट ०.३७७ रहेको थियो । 

समूह बीको उपविजेता कुवेतको अंक ६ र रनरेट ०.२२३ रहेको थियो । रन रेट ०.१५४ ले अगाडि रहेर ओमान तेस्रो भएको हो । 

तेस्रो भएसँगै ओमान एसीसी इमर्जिङ कपका लागि छानिएको छ । जारी प्रतियोगिताको शीर्ष तीनमा रहने टिमले एसियाका टेष्ट खेल्ने राष्ट्रको यू–२३ टिमसँग इमर्जिङ कप खेल्न पाउने छ । 

यो अवसर नेपाल र यूएईले पनि पाउने छन् । 

फाइनल खेल सोमबार 
फाइनल खेल सोमबार हुँदैछ । नेपाल र यूएई भिड्दै छन् । नेपालले सेमिफाइनलमा कुवेतसँग खेले पनि खेल वर्षाले रद्द भएपछि समूह विजेताको आधारमा नेपाल फाइनलमा पुगेको हो । 

त्यस्तै यूएईले ओमानलाई डक वर्थ लेविस नियमअनुसार २ रनले हराएर फाइनलमा स्थान बनाएको हो । 

सोमबार वर्षाले खेल अवरुद्ध भए मंगलबार हुनेछ । मंगलबार पनि नतिजा नआए समूह चरणको अंकका आधारमा नेपाल विजयी हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ