arrow

एसीसी प्रिमियर कप सेमिफाइनल 

रोहितको कप्तानी इनिङ्स, जितका लागि कुवेत २८२ रनको चुनौती पछ्याउँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १६ शनिबार
rohit-vs-kuwait-2023.jpg

काठमाडौं  । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि नेपालले कुवेतलाई २८२ रनको चुनौती दिएको छ । त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा वर्षाले ४२ ओभरमा झारिएको खेलमा कुवेतलाई नेपालले २८२ रनको चुनौती दिएको हो । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभरमा ९ विकेटको क्षतिमा २८१ रन बनायो । २३.२ ओभरमा ३ विकेट गुमाएर १४१ रन बनाउँदा वर्षाले खेल एक घण्टा बढी समय रोकिएपछि ४२ ओभरमा झारिएको हो । 

नेपालले ४२ ओभरमा विकेट गुमाएर रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९४ रन बनाए । उनले ९५ बलमा ३ छक्का र ७ चौकाको मद्धतले उक्त योगफल तयार गरेका हुन् । 

चौथो विकेटका लागि रोहितसँग मिलेर १०९ रनको साझेदारी गर्ने क्रममा कुशल मल्लले ४४ बलमा ४ छक्का र ४ चौकाको मद्धतले ४४ बलमा ५७ रन बनाए । 
 
यसअघि पहिलो विकेटका लागि ७७ रनको साझेदारी भएको थियो । कुशल भुर्तेल ३९ बलमा ४३ रन बनाएर आउट भए भने आसिफ शेख २८ बलमा ३१ रन बनाएर आउट भए । 

पहिलो विकेटपछि लगातार तीन विकेट गुमे पनि नेपालका लागि रोहित र कुशलले उत्कृष्ट साझेदारी गरेका थिए । आरिफ शेखले १९ तथा सोमपाल कामीले ११ बलमा अविजित रहँदै १३ रन बनाए । 

यूएई–ओमान खेल
यूएई र ओमानबीचको खेल मूलपानी मैदानमा जारी छ । विजयका लागि ओमानले २३७ रनको चुनौती पछ्याउँदै । ओमानले उत्कृष्ट ब्याटिङ गरेको छ । यसअघि यूएईले टस हारेर पहिले ब्याटिङ गर्दै ४९.२ ओभरमा सबै विकेट गुमाएर २३६ रन बनायो । 

कप्तान मुहम्मद वासिमले सर्वाधिक ४८ रन बनाए । निशान मसूद र बिलाल खानले ४–४ विकेट लिए । 

नेपाल समूह चरणमा ४ खेलमा ३ मा जित र १ खेलमा अंक बाँड्दै ७ अंकका साथ समूह ए बाट विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने समूह बी बाट  उपविजेता कुवेत अन्तिम खेलमा हङ्कङ्लाई ३० रनले हराएर सेमिफाइनलमा पुगेको हो । कुवेत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ नेट रन रेटमा र्यूएईभन्दा पछि पर्दै उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो । 

यसैगरी समूह ए को उपविजेता ओमान र समूह बीको विजेता यूएई मूलपानीमा खेल्नेछन् । यूएई ४ खेलमा ३ जित र १ हारसहित ६ अंकका साथ समूह बीबाट विजेता टोली बनेर सेमिफाइननलमा पुगेको हो भने ओमान ४ खेलमा ३ मा जित र १ हारका साथ ६ अंकका साथ समूह ‘ए’बाट दोस्रो स्थानमा रहेको टोली हो ।

जारी प्रतियोगिता विजेता टोलीले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानको समूहमा रहेर खेल्नेछ । शीर्ष तीन टोलीले भने एसीसी इमर्जिङ कप खेल्न पाउने छन् । 

नेपाल–कुवेत हेड टु हेड

नेपाल र कुवेतबीच अहिलेसम्म तीन खेल भएको छ । जसमा नेपालले दुई तथा कुवेतले एक जित हात पारेको छ ।

कुवेतसँगको पछिल्लो भेट सन् २०१२ मा यूएईमा भएको थियो । एसीसी ट्रफी एलिटमा भएको खेलमा कुवेत ४ विकेटले विजयी भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ