arrow

रोहित र कुशलको सँगसँगै अर्धशतक

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १६ शनिबार
rohit-kushal-2023.jpeg

काठमाडौं  । राजधानीमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपाल र कुवेत भिडिरहेका छन् । नेपाल र कुवेतबीचको त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा भइरहेको खेल वर्षाले ४२ ओभरमा झारिएको छ । नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले सँगसँगै अर्धशतक पूरा गरेका छन् । एउटै ओभरको एक बलको अन्तरमा दुवैले अर्धशतक बनाएका हुन् । दुवैले चौथो विकेटका लागि १०९ रनको साझेदारी गरेका छन् । कुशल ४४ बलमा ५७ रन बनाएर आउट भएका छन् । 

वर्षाले खेल रोकिनुपूर्व नेपालले पहिले ब्याटिङ गर्दै २३.२ ओभरमा ३ विकेट गुमाएर १४१ रन बनाएको थियो । नेपालले सोही स्थितिबाट अगाडि खेल्न थालेको छ । तर नेपालले ४२ ओभरमात्र खेल्न पाउनेछ ।

नेपालले उत्कृष्ट शुरुआत गर्दै पहिलो विकेटका लािग ७७ रनको साझेदारी भएको छ । कुशल भुर्तेल ३९ बलमा ४३ रन बनाएर आउट भएका छन् । तर दोस्रो विकेटका लागि भने एक रनको मात्र साझेदारी भएको छ । भीम सार्की ४ बलमा १ रन बनाएर आउट भएका छन् । 

त्यस्तै तेस्रो विकेटका लागि मात्र दुई रनको साझेदारी भएको छ । आसिफ शेख २८ बलमा ३१ रन बनाएर आउट भएका छन् । नेपालले १२.२ ओभरमा ३ विकेट गुमाएर ८० रन बनायो । 

चौथो विकेटका लािग भने कप्तान रोहित पौडेल र कुशल मल्लबीच राम्रो साझेदारी भएको छ । 

यूएई–ओमान खेल
यूएई र ओमानबीचको खेल मूलपानी मैदानमा जारी छ । विजयका लागि ओमानले २३७ रनको चुनोती पाएको छ । यूएईले टस हारेर पहिले ब्याटिङ गर्दै ४९.२ ओभरमा सबै विकेट गुमाएर २३६ रन बनायो । 

कप्तान मुहम्मद वासिमले सर्वाधिक ४८ रन बनाए । निशान मसूद र बिलाल खानले ४–४ विकेट लिए । 

नेपाल समूह चरणमा ४ खेलमा ३ मा जित र १ खेलमा अंक बाँड्दै ७ अंकका साथ समूह ए बाट विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने समूह बी बाट  उपविजेता कुवेत अन्तिम खेलमा हङ्कङ्लाई ३० रनले हराएर सेमिफाइनलमा पुगेको हो । कुवेत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ नेट रन रेटमा र्यूएईभन्दा पछि पर्दै उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो । 

यसैगरी समूह ए को उपविजेता ओमान र समूह बीको विजेता यूएई मूलपानीमा खेल्नेछन् । यूएई ४ खेलमा ३ जित र १ हारसहित ६ अंकका साथ समूह बीबाट विजेता टोली बनेर सेमिफाइननलमा पुगेको हो भने ओमान ४ खेलमा ३ मा जित र १ हारका साथ ६ अंकका साथ समूह ‘ए’बाट दोस्रो स्थानमा रहेको टोली हो ।

जारी प्रतियोगिता विजेता टोलीले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानको समूहमा रहेर खेल्नेछ । शीर्ष तीन टोलीले भने एसीसी इमर्जिङ कप खेल्न पाउने छन् । 

नेपाल–कुवेत हेड टु हेड

नेपाल र कुवेतबीच अहिलेसम्म तीन खेल भएको छ । जसमा नेपालले दुई तथा कुवेतले एक जित हात पारेको छ ।

कुवेतसँगको पछिल्लो भेट सन् २०१२ मा यूएईमा भएको थियो । एसीसी ट्रफी एलिटमा भएको खेलमा कुवेत ४ विकेटले विजयी भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ