काठमाडौं । गर्मी शुरु भएसँगै खर्बुजाको बिक्री बढ्न थालेको छ। कालीमाटी र कुशेश्वरमा रहेका फलफूल पसलमा अहिले खर्बुजा किन्नेको सङ्ख्या बढेको व्यापारीहरू बताउँछन् । "सिजन साउनसम्म रहन्छ। एक ट्रकमा २२ हजार किलो हुन्छ।
सिजनमा दुई दिनमै सकिन्छ तर अफ सिजनमा भने एक हप्ता वा दश दिनमा सकिन्छ। "एक जना व्यापारीले भने। अहिले बजारमा खर्बुजा प्रति केजी ५० रुपैयाँ मा बिक्री भइरहेको छ।