काठमाडौं । अमेरिकी सेनाको हेलिकप्टर बिहीबार अलास्कामा दुर्घटनाग्रस्त भएको छ । तालिमबाट फर्किएका ती दुई हेलिकप्टरमा चार जना सवार रहेको बताइएको छ ।
अमेरिकी सेना अलास्काले एच-६४ अपाचे हेलिकप्टरहरू दुर्घटनामा परेको पुष्टि गरेको छ ।
अमेरिकी सेना अलास्काका प्रवक्ता जोन पेनेलले अहिले हेलिकप्टरमा रहेका सेनाको बारेमा आफूलाई जानकारी नभएको बताएका छन् । हेलिकप्टर के कारण दुर्घटना भयो त्यो खुल्न सकेको छैन ।