arrow

सत्तरी वर्षे वृद्ध बालिका बलात्कारको आरोपमा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १५ शुक्रबार
pakrau9.jpg

बैतडी । बालिका बलात्कारको आरोपमा बैतडीमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिकाका ७० वर्षीय वृद्ध रहेका छन् । 

पीडित बालिका र आरोपित वृद्धको थर एउटै रहेकाले नाम सार्वजनिक नगरिएको इलाका प्रहरी कार्यालय, पाटनका प्रहरी निरीक्षक कमल चौधरीले जानकारी दिए ।   

गत पुसमै बालिकामाथि बलात्कार भएको भए पनि आरोपित वृद्धले घटनाबारे कसैलाई भने ज्यान मार्ने धम्की दिँदै आएकाले ढिला गरी घटना बाहिरिएको हो । पीडित बालिकाकी आमाले वृद्धको नाममा जाहेरी दिएपछि उनलाई पक्राउ गरी प्रहरी हिरासतमा राखिएको छ ।  

उनीमाथि जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता भइ १० दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्यपरीक्षण गरिएको र रिपोर्ट आउँन बाँकी रहेको प्रहरी निरीक्षक चौधरीको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ