arrow

गण्डकीमा आलोपालो सरकारकाे नेतृत्व पहिलो मुख्यमन्त्री पाण्डे [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १४ बिहिबार
KD_Kaski-pandeysancharkarmisaga.jpg

कास्की। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सत्तारुढ गठबन्धनबाट नेपाली काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । 

पाण्डेलाई आज प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । पाण्डेलाई नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका सात र स्वतन्त्र एक गरी ३५ सांसदको समर्थन छ ।

गत बैशाख १२ गते प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । वर्तमान मुख्यमन्त्री खगराज अधिकारीले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको थियो ।

गण्डकीमा का‌ग्रेस र माओवादीले आलोपालो सरकार सञ्चालनको सहमति गरेका छन् । शुरुको पालोमा कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाएको हो । नवनियुक्त मुख्यमन्त्री पाण्डेले शुक्रबार पद तथा गोपनियताको शपथ लिने कार्यक्रम रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ