'हत्यारालाई सार्वजनिक गर, पीडितलाई न्याय देउ' भन्दै आन्दोलन [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १४ बिहिबार
1k
Shares
काठमाडौँ। 'हत्यारालाई सार्वजनिक गर, पीडितलाई न्याय देउ' भन्दै काठमाडौँस्थित कपनमा आन्दोलन भएको छ ।
गत ७ वैशाख दिउँसो ३ बजे सरस्वतीनगरस्थित भाँडा पसलमा बाग्लुङ बडीगाडकी ३५ नारी निरा पाण्डे आचार्यको दिनदहाडै हत्या भएको थियो ।
उक्त हत्याको अनुसन्धानको एक हप्ता बितिसक्दा पनि पूरा नभएपछि आठौं दिन हत्यारा पत्ता लगाउन चौतर्फी दबाब स्वरुप हत्या भएको पसल अगाडि बाटो बन्द गरेर स्थानीय र आफन्तले प्रदर्शन गरेका छन् ।