तेत्तीस निर्माण व्यवसायीको इजाजत पत्र खारेज [विवरणसहित]
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १४ बिहिबार
1k
Shares
तस्बिर – फाइल ।
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज गरेको छ । सार्वजनिक निर्माण कार्य गर्ने प्रयोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट इजाजतपत्र लिएको निर्माण व्यवसायीले चैत मसान्त भित्र नवीकरण नगरेको भन्दै तिनीहरूको इजाजत पत्र खारेज गरिएको जारी सूचनामा उल्लेख छ ।
निर्माण व्यवसायी ऐन २०५५ को दफा ३ बमोजिम आर्थिक वर्ष २०७९–८० का लागि २०७९ चैत मसान्तसम्म निर्माण व्यवसाय इजाजत पत्र नवीकरण नगरेकाले स्वतः खारेज गर्नु परेको मन्त्रालयले जनाएको छ ।