arrow

झापामा स्कूल बसको ठक्करबाट बालिकाको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १३ बुधबार
Jhapa-hamrakura.jpg.jpeg

झापा । स्कूल बसको ठक्करबाट झापामा एक बालिकाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा झापा जिल्ला कमल गाउँपालिका वडा न २ निवासी पवन सुबेदीको अढाई वर्षीया छोरी चिन्दल सुबेदी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार कमल- २ स्थित भुत्लुङमा मङ्गलवार बेलुका साढे ४ बजे दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे १ क ४०७ नम्बरको नवोदय माध्यमिक विद्यालयको स्कूल बसले बालिकालाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको मेडिम्याक्स अस्पताल गौरादहमा उपचारको क्रममा मृत्यु भएको हो । 

बालिका लाई ठक्कर दिने बस र बसका चालक दुर्गा बहादुर कुँवरलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ