arrow

१४ हजार बढी मतले तनहुँबाट स्वर्णिम विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १२ मंगलबार
swirnim-wagle-new.jpg

काठमाडौं । नेपाली कांग्रेसको गढ मानिएको तनहुँ क्षेत्र नम्बर १ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पोल्टामा पारेको छ । सो स्थानबाट रास्वपाका उम्मेदवार डा स्वर्णिम वाग्ले निर्वाचित भएका छन् । स्वर्णिमले प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द भट्टराई भन्दा १४ हजार बढी मत ल्याएर निर्वाचित भएका हुन् ।

यसअघि सो स्थानबाट कांग्रेस नेता रामचन्द्र पौडेल विजयी भएका थिए । पौडेल राष्ट्रपति पदमा निर्वाचित भएपछि रिक्त सो स्थानमा आइतबार निर्वाचन भएको थियो ।

आज बिहान सम्पन्न मतगणना अनुसार स्वर्णिमले ३४ हजार नौ सय ११ मत प्राप्त गरेका छन् ।   उनको प्रतिस्पर्धी कांग्रेसका भट्टराईले २० हजार एक सय २२ मत प्राप्त गरेका छन् ।  त्यस्तै नेकपा (एमाले) का सर्वेन्द्र खनालले आठ हजार चार सय ८८ मत प्राप्त गरेका छन् । 

निर्वाचनमा ६५ हजार तीन सय १६ मत खसेकामा ६४ हजार एक सय ३५ मत सदर भएको थियो भने एक हजार एक सय ८१ मत बदर भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ