सिंहदरबारको फोहर तीन दिनभित्र उठाउन महानगरलाई सर्वोच्चको अन्तरिम आदेश
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ८ शुक्रबार
925
Shares
तस्बिर – फाइल ।
काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकालाई तीन दिनभित्र सिंहदरबारभित्रको फोहर उठाउन अन्तरिम आदेश दिएको छ ।
महानगरले सिंहदरबार, बालुवाटार र राष्ट्रपति कार्यालयको फोहर नउठाउने निर्णय गरेसँगै सर्वोच्चमा परेको रिटमा अदालतले अन्तरिम आदेश दिँदै तीन दिनभित्र फोहर उठाउन भनेको हो ।
आदेशमा नेपालको संविधानअनुसार सरसफाइ गर्नुपर्ने अधिकार स्थानीय तहलाई सुम्पेको हुनाले सोही अनुसार फोहर संकलन गर्न भनिएको छ ।
आदेशमा मानिसको बाँच्न पाउने हक स्वच्छ र स्वस्थ्य वातावरणसँग अन्योन्याश्रित रहेकोसमेत उल्लेख गरिएको छ ।