arrow

बस र मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ६ बुधबार
accident-final-1618290232.jpg

महोत्तरी । महोत्तरीमा दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । बुधबार यात्रुबाहक बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको हो ।

बा ३ ख २३९६ नम्बरको गाडीले  मधेश प्रदेस–०१–००४–६८१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका बहिनी, भान्जी र मामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गौशाला नगरपालिका–२ बस्ने  अमित कुमार मण्डल, सिरहा कल्याणपुर विवाह गरेर गएकी मण्डलकी बहिनी अन्जु मण्डल र उनकी ४ वर्षीया छोरी अन्सु मण्डलको उपचारको क्रममा मृत्यु भएको हो ।

अमित र अन्शुको  बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा र  अन्जुको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ