arrow

कालीप्रसादले मन्त्री शाहलाई दिएको त्यो उपहार र नारायणकाजीका कुरा 

logo
तुलसी पन्थी, 
प्रकाशित २०८० वैशाख ६ बुधबार
tulsi-panthi-.jpg

वर्तमान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कर्मचारीहरूलाई सम्बोधन गर्दै आफूले विभिन्न चार कुरा नखाने गरेको र अब घुस पनि नखाने महँगो उपहार पनि नलिने भनेको सुनियो । कुरा राम्रै गरे । 

उपहारको सन्दर्भमा मलाई २०३९ सालको सम्झना आयो । २०३९ सालमा म रुकुममा कार्यरत थिएँ । दशैँ तिहार बिदामा घरबाट काठमाडौं आई हवाइजहाजबाट चौरजहारी जान मंसिर १२ गतेको टिकट थियो । 

काठमाडौंमा रुकुम मुसिकोट क्याम्पसका क्याम्पस प्रमुख विश्वनाथ ज्ञवालीसँग भेट भयो । उनको पनि १२ गतेकै टिकट रहेछ । त्यस समयमा रुकुमबाट प्रतिनिधित्व गर्ने गोपालजीजंग शाह श्रम तथ समाज कल्याण सहायक मन्त्री थिए । 

विश्वनाथजीले मन्त्रीलाई भेट गर्न मन्त्रालय जाऊँ भने । हामी दुई जना सिंहदरबारस्थित मन्त्रालयमा गई मन्त्रीको कार्यकक्षमा मन्त्रीलाई भेट गरी कुराकानी भइरहेको थियो । 

त्यसै समयमा एक जना कर्मचारी प्रवेश गरी मन्त्रीलाई अभिवादन गरी कागजले रेपिङ गरेको एउटा सानो उपहार दिएर फर्किए । ती कर्मचारी फर्किएपछि मन्त्री शाहजीले  त्यो उपहार खोली पर्स रहेछ भनेर हामीलाई देखाए । 

उपहार दिने कर्मचारी गीतकार कालीप्रसाद रिजाल भएको र उनी त्यस मन्त्रालयको सहसचिव भएको गोपालजीले हामीलाई बताए । उनी केही दिनको जापान भ्रमणबाट फर्कदा सहायक मन्त्रीलाई उपहार स्वरूप त्यो पर्स ल्याएका रहेछन् । 

उपहार दिँदा महँगो दिनुपर्छ भन्ने होइन रहेछ भन्ने मलाई त्यस समयमै लागेको थियो । (पन्थी नेपाल सरकारका सेवा निवृत्त अधिकृत हुन्)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ