arrow

प्रधानमन्त्रीको भारत भ्रमणको तयारीको समय भाजपा नेता नेपालमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ४ सोमबार
Chauthaiwale.jpg

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको तयारी भइरहेको बेला भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आइपुगेका छन्  ।

सुदूरपश्चिम प्रदेशमा शनिबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलनमा भाग लिन चौथाइवाले सडकमार्ग हुँदै आइतबार धनगढी आइपुगेका हुन् ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चौथाइवालेलाई धनगढीमा स्वागत गरेका छन् । 

चौथाइवालेले सोमबार मानसखण्ड सम्मेलनलाई सम्बोधन गर्दैछन् ।  आजै काठमाडौं आएर उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जादै छन् । प्रचण्ड बैशाखको तेस्रो हप्ता भारत भ्रमणमा जाने भएपछि भाजपाका विदेश विभाग प्रमुख नेपाल प्रवेश गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ