arrow

जग्गा विवाद हुँदा गोली चल्यो, एकको निधन 

logo
प्रिमेश शिवाकोटी, 
प्रकाशित २०८० वैशाख २ शनिबार
Gadhimai-Gaunpalika.png
तस्बिर – फाइल ।

रौतहट । जग्गा सम्बन्धी विवाद हुँदा रौतहटमा एक जनाको ज्यान गएको छ । जिल्लाको गढीमाई नगरपालिकामा ८ धोबीनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली लागेर स्थानीय राजकुमार राय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

विवादका क्रममा गोली लागेका उनलाई उपचारका लागि वीरगञ्ज पठाइएकामा बाटोमा नै मृत्यु भएको हो । गोली कसले चलायो भन्ने हालसम्म खुलेको छैन ।

गढीमाई नगरपालिकाले निर्माण गरिरहेको बाटोका विषयमा विवाद हुँदा १२ बोरको बन्दुकबाट गोली प्रहार भएको प्रहरीको भनाइ छ । 

गोली लागेर स्थानीय रामप्रताप यादव, कपिलदेव राय यादव र निरञ्जन यादव घाइते भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ