arrow

ताङतिङ गाउँ नयाँ पर्यटकीय गन्तव्य [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २ शनिबार
tumlingtar-gau.jpg
तस्बिर : नेपाल फोटो लाइब्रेरी

काठमाडौं । ग्रामीण जीवनको अनुभव लिन चाहने पर्यटकका लागि तानतिङ (तोनी नासा) गुरुङ गाउँ उपयुक्त गन्तव्य हो । पोखराबाट करिब २७ किलोमिटरको दूरीमा अवस्थित सो गुरुङ गाउँ मौलिक गुरुङ संस्कार र संस्कृतिको अवलोकन र अनुभवका लागि निकै चर्चित रहेको छ । 

आँखा अगाडि देखिने लमजुङ हिमाल र अन्नपूर्ण हिमालले जो कोहीलाई पनि मन्त्रमुग्ध बनाउने गर्दछ त्यसमाथि गुरुङ समुदायको न्यानो आतिथ्य  जीवनको एक अविस्मरण क्षणका रुपमा सावित बन्ने गर्दछ । 

झण्डै २५० भन्दा बढी परम्परागत घर रहेको सो गाँउमा आन्तरिक र बाह्य पर्यटकहरुका लागि १४ घरमा सामुदायिक होमस्टे पनि संचालन गरिएको छ । स्थानीय रूपमा उत्पादित अर्गानिक खाना, ढिँडो, लोकल कुखुराको मासु, वनबाट टिपिएको निहुरो जस्ता स्वादिष्ट नेपाली खाना खान पाउनु साँच्चै तानतिङ गाँउमा दुर्लभ अनुभव हुनेछ । 
   
पोखराबाट सार्वजनिक बस, जीप तथा व्यक्तिगत सवारीका साधनहरुबाट सजिलै पुग्न सकिने तानतिङ गाँउ शहरको भिडभाड र व्यस्त जीवनबाट केही समय विश्राम र रिफ्रेसमेन्टको लागि धेरैको रोजाइमा पर्ने गरेको छ ।

IMG_0346.jpg
IMG_0347.jpg
IMG_0348.jpg
IMG_0349.jpg
IMG_0350.jpg
IMG_0351.jpg
IMG_0352.jpg
IMG_0353.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ