arrow

रहिनन् शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २ शनिबार
satyamohan-joshi-radha-joshi.jpg

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ । सय वर्षीया उनको आज बिहान ५ बजे र १५ मिनेटमा किस्ट अस्पतालमा निधन भएको साहित्यकार नरेन्द्रराज प्रसाईले जनाएका छन् । 

सत्यमोहनको छ महिनाअघिमात्र निधन भएको थियो । उनीहरुको ८४ वर्षभन्दा लामो समयसम्म अविछिन्न सहयात्रा रहेको थियो । जोशी जोडीले २०७७ साल माघ ३० गते नइ प्रकाशनको आयोजनामा भएको ‘शरीर दान घोषणा सभा’ मा चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई मरणोपरान्त आ–आफ्नो शरीर दानको घोषणा गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ