arrow

वनबाटिकामा पर्यटकको घुइँचो [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १ शुक्रबार
banbatika-rupendehi.jpg

रुपन्देही । आन्तरिक तथा बाह्य पर्यटकहरुको प्रवर्दन गरी आर्थिक क्षेत्रमा टेवा पुर्‍याउने उद्देश्यले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न-१ स्थित रहेको शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्र वनबाटिकामा नयाँ वर्ष २०८० को पहिलो दिन आन्तरिक पर्यटकहरुको घुइँचो लागेको छ ।

२०६२ सालमा स्थापना गरिएको वनबाटिका पछिल्लो समय शनिबार, चार्डबाड र विशेष दिनहरुमा भीडभाड बढ्ने गरेको केन्द्रका उपाध्यक्ष खिमलाल पाण्डेले बताए । वनबाटिकामा मिनी चिडियाखानासमेत रहेको र कार्यक्रमका लागि पर्याप्त स्थल रहेको छ । 

५१.३४ हेक्टर क्षेत्रफलमा फैलिएको बाटिकामा बाल रेल, बाल उद्यान र सबैभन्दा बढी डोमी पार्क दृश्यावलोकनको मुख्य केन्द्र बन्न पुगेको छ ।

वृद्धवृद्धादेखि स्कुले विद्यार्थी, युवायुवतीहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको छ ।

वनबाटिकामा रुपन्देहीसहित दाङ, चितवन, कपिलवस्तु, पाल्पा  नवलपरासी बर्दघाट सुस्ता पश्चिमबाटसमेत आएको केन्द्रले बताएको छ । 

338909906_791013449106300_5840946009584223337_n.jpg
339074487_555434029994355_7310884414638596832_n.jpg
339435997_900390897934910_3949078227537087003_n.jpg
339443831_737655941165189_1090589316981257295_n.jpg
339494759_772446227585015_2395150723599700852_n.jpg
339547568_1226200181601645_1595499433137924579_n.jpg
339575354_585582253539970_801939965609517411_n.jpg
339648709_730372668829590_1357438110932799196_n.jpg
339709605_930859048116793_932424537176268837_n.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ