- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बोधगया । बिहारको बोधगयाको तरकारी बजारमा मङ्गलबार बिहान ठूलो आगलागी हुँदा बजारका ११५ पसलहरू जलेर खरानीमा परिणत भएको अधिकारीहरूले बताएका छन् ।
अत्यधिक तीव्र गतिमा सल्केको आगोले एक्कै छिनमा दर्जनौं पसलहरू जलेर नष्ट ह पारेको स्थानीयले बताएका छन् । ग्यास सिलिन्डर पड्किएपछि आगलागी भएको घटनास्थलमा रहेका स्थानीयले बताएका छन् ।
साथै आगलागीबाट ३७९ हेक्टर जङ्गल, फुटबल मैदान र दर्जनौं घर जलेको बताइएको छ । जलेको घरमा करिब ७० वर्षीय पुरुषको शव फेला परेको छ । त्यैगरी एक जना व्यक्ति भाग्नेक्रममा जलेका थिए । यसैबीच स्थानीय अधिकारीहरूले सयौं बासिन्दा र थुप्रै पर्यटकहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् ।
खाद्यान्न पसल सञ्चालक मुहम्मद राजुले भनेका छन्, ‘आगो यति भीषण थियो कि कसैले निभाउने आँट गरेन र सिलिन्डर विस्फोटपछि त यसले ठूलै क्षति पुर्यायो । लाखौंको नोक्सानी गरायो ।’
निकैपछि मात्र आगो नियन्त्रणमा लिने प्रयास गरिएको हुनाले क्षति व्यापक भएको हुनसक्ने अनुमान गरिएको छ । आगलागीबाट ५ देखि ६ वटा मोटरसाइकल समेत जलेको अधिकारीहरुले जनाएका छन् ।
सूचना पाएपछि प्रहरी प्रशासन घटनास्थल पुगेको र अनुसन्धान जारी रहेको बताइएको छ ।