arrow

बालेनको अभिव्यक्तिप्रति प्रचण्ड सरकार गम्भीर, उठेन सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २८ मंगलबार
cabinet-prachanda-2079-12-28.jpg

काठमाडौं । सरकारले सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहर नउठाउने काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साह (बालेन) को अभिव्यक्तिलाई गम्भीरपूर्वक लिएको बताएको छ । 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाको फोहर काठमाडौं महानगरपालिकाले उठाउने नीतिगत व्यवस्था विपरीत महानगर प्रमुखले अभिव्यक्ति दिएपछि यो विषयलाई गम्भीरतापूर्वक लिएको हो । 

बैठकपछि सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले काठमाडौं उपत्यकाको फोहर काठमाडौं महानगरपालिकाले उठाउने नीतिगत व्यवस्थाविपरीत महानगर प्रमुखबाट बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहर नउठाउने अभिव्यक्ति सार्वजनिक भएकोमा गम्भीरपूर्वक लिएको बताइन् ।

तर सरकारले अब के गर्छ भन्ने बारेमा कुनै निर्णय गरेको छैन । यसअघि महानगरले फोहरबारे निर्णय लिँदा सरकारले निकासपूर्ण सहकार्य गरेको थिएन । त्यस्तै महानगरले लिएका महत्वपूर्ण निर्णयमा सरकारले सहयोग नगरेकै कारणले यो दिन निम्तिएको बुझिन्छ । 

सरकारले आयातित र उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीव नाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्न मन्त्रिपरिषद्को पूर्वाधार समितिबाट प्राप्त प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ