arrow

तीन पालिकामा आगलागी, करोडौंको क्षति

logo
प्रिमेश शिवाकोटी,
प्रकाशित २०७९ चैत २७ सोमबार
fire-rautahat.JPG

रौतहट । रौतहटका तीन पालिकामा भएका आगलागीका घट्नामा करोडौंको क्षति भएको छ ।  जिल्लाको ईशनाथ नगरपालिका ७ ठुलो घिउरा बस्ने ग्यासुदिन मंसुरीको खरले छाएको फुसको घरमा आगलागी हुँदा एक लाख ५० हजार वरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको  छ । 

त्यस्तै जिल्लाको परोहा न.पा–तीन स्थित तेजापाकड टोल बस्ने बिगु महतोको घर, नगद र जिन्सी मालसामान जल्दा १२ लाख ८५ हजार बराबरको क्षति भएको छ । 

त्यस्तै जिल्लाको माधवनारायण नगरपालिका ४ विसुनपुर्वा मानपुर टोल बस्ने दिनकर मुखियाको खपडाको छानो भएको कच्ची घर र घरभित्र रहेको अन्नपात लत्ताकपडा, गर गहना, भाँडाकुँडा लगायत जल्दा १७ लाख बराबरको क्षति भएको छ ।

यी तीन स्थानमा आगलागी हुँदा दर्जनौँ घर,अन्नपात,पशुचौपाय जलेर नष्ट हुँदा १ करोड १६ लाख तीन ५ हजार रुपैंया बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक उमाशङ्कर प्रसाद यादवले जानकारी दिएका छन् । 

आगलागीबाट मानवीय क्षति भने नभएको र पालिकाहरूमा वारुणयन्त्र नहुँदा गाउनै सखाप हुने अवस्था रहेको भन्दै स्थानीयले पालिका प्रमुखले आफ्नो जिम्मेवारी पुरा नगरेको आरोप समेत लगाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ