arrow

अमेरिकाको आग्रहको इरानद्वारा स्वागत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २३ बिहिबार
iran-flag.gif

यमन ।  संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको युद्धविरामले युद्धमा नाटकीय रुपमा कमी आएको एक वर्षपछि इरानले यमनमा लामो समयदेखि जारी द्वन्द्व अन्त्यका लागि शान्ति प्रक्रियालाई समर्थन गर्न अमेरिकाले गरेको आह्वानको स्वागत गरेको छ ।

यमन सरकारको प्रमुख विदेशी समर्थक साउदी अरेबियाले गत महिना इरानसँग सम्बन्ध पुनः स्थापनाका लागि चिनियाँ मध्यस्थतामा भएको सम्झौतामा हस्ताक्षर गरेपछि द्वन्द्व समाधानका लागि कूटनीतिक प्रयासहरू बढेका छन् ।

यमनका लागि अमेरिकी विशेष दूत टिमोथी लेन्डरकिङले मङ्गलबार भने, “वासिङ्टन इरानीहरूले यमनी राजनीतिक प्रक्रियाप्रति समर्थन देखाएको हेर्न चाहन्छ ।”

इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले राजदूतको फोन वार्तालाई ‘सन्तोषजनक’ भन्दै तेहरानले युद्धको सुरुवातदेखि नै शान्ति प्रक्रियाका लागि प्रयास गरिरहेको बताए ।
 
यमन सरकार र इरान समर्थित विद्रोहीबीच संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा भएको युद्धविरामको आइतबार पहिलो वर्षगाँठ मनाइएको छ ।

संयुक्त राष्ट्रसङ्घीय यमनका दूत हान्स ग्रुन्डबर्गले यसलाई ‘आशाको क्षण’ को संज्ञा दिएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्ना पूर्ववर्ती डोनाल्ड ट्रम्पले सरकारको समर्थनमा साउदी नेतृत्वको सैन्य हस्तक्षेपलाई समर्थन गरेपछि विनाशकारी द्वन्द्व अन्त्यलाई उच्च प्राथमिकता दिने वाचा गर्दै कार्यभार सम्हाल्नुभएको थियो । 

यमनमा झण्डै एक दशक लामो युद्धले प्रत्यक्ष र परोक्ष रूपमा लाखौंको ज्यान लिइसकेको छ । संयुक्त राष्ट्रसङ्घले यमनमा युद्धका कारण विश्वकै सबैभन्दा खराब मानवीय सङ्कट रहेको बताउँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ