arrow

श्रीमती बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पूर्जी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २२ बुधबार
bhuwan-giri-judge-rape-wife.jpg

काठमाडौं । जिल्ला अदालत कपिलवस्तुले न्याय परिषदमा कार्यरत न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । वैवाहिक जबरजस्ती करणी मुद्दामा उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो । 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अदालतसमक्ष अनुसन्धानका लागि पक्राउ पूर्जी माग गरेको थियो । जसअनुसार अदालतले उनलाई पक्राउ गर्न आदेश दिएको हो । 

श्रीमती आरती रावलले आफूमाथि वैवाहिक बलात्कार भएको भन्दै कपिलवस्तु प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा प्रहरीले न्यायाधीश गिरीविरुद्ध अनुसन्धानका लागि पक्राउ पूर्जी माग गरेअनुसार अदालतले दिएको हो । 

यसअघि शैक्षिक प्रमाणपत्र नक्कली रहेको लगायतका विषयमा न्यायाधीश गिरीकी पत्नी रावलविरुद्ध पनि बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ