arrow

उम्मेदवारी दर्ता गराएर रवि स्वर्णिमको क्षेत्र तनहुँ पुग्ने, बारामा रमेशसँग डीपी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २० सोमबार
swirnim-ravi-ramesh-kharel.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएर तनुहँ जाने भएका छन् । सो पार्टीका केन्द्रीय सदस्य दिपक बोहोराका अनुसार सभापति लामिछाने चितवन–२ स्थित निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गराएर स्वर्णिम वाग्लेको निर्वाचन क्षेत्र तनहुँ–१ हुने मनोनयन दर्ताका लागि पुग्नेछन् । 

उनका अनुसार बिहान ९ बजे भरतपुर महानगर– ११ विशाल चोक राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कार्यालयमा भेला हुने र त्यहाँबाट ९ः३० बजे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर १० बजे मनोनयन दर्ता गर्ने समय तालिका रहेको छ ।

‘त्यसपछि २ बजे सभापति तनहुँको दमौलीमा पुगेर स्वर्णिम वाग्लेको मनोनयन दर्ता गर्ने कार्यक्रममा सहभागी हुने तालिका रहेको छ,’ उनले भने । उनका अनुसार बारा– २ मा रमेश खरेलको उम्मेदवारी मनोनयन दर्ता गर्नका लागि भने पार्टी उपसभापति डीपी अर्याल बारा जानेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ