arrow

उपराष्ट्रपतिद्वारा महायज्ञको उद्घाटन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २० सोमबार
ramsahaya-yadav-vice-president.jpg

मधेस ।  उपराष्ट्रपति रामसहायप्रसाद यादवले विष्णु महायज्ञको उद्घाटन गरेका छन् । यमुनामाई गाउँपालिकामा सुरु भएको महायज्ञको आइतबार उद्घाटन गर्दै उपराष्ट्रपति यादवले साधनाले मानव जीवन सहज हुने बताए । 

उनले भने, “यज्ञबाट समाजमा सकारात्मक सन्देश प्रवाह हुन्छ । यज्ञ गर्नाले तनमन पवित्र हुने गर्दछ ।” उपराष्ट्रपति यादवले यमुना माईको ऐतिहासिक ठाउँमा पाइला टेक्दा आफूलाई गौरव महसुस भएको बताए ।

यमुनामाई गाउँपालिकाका प्रमुख मोहमद सउदको अध्यक्षतामा सम्पन्न भएको महायज्ञ उद्घाटन कार्यक्रममा उपप्रमुख अनुराधाकुमारी मिश्रसहित सबै वडाका वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसमेतको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ