काठमाडौं । सरकारमा जानका लागि दलहरुबीच मन्त्रालयको भागबण्डा भएको छ । नेपाली कांग्रेसले ८‚ नेकपा माओवादी केन्द्रले ५‚ नेकपा एकीकृत समाजवादीले २, जनता समाजवादी पार्टी (जसपा) ले २ मन्त्रालय पाउने भएको छ ।
सबैभन्दा ठूलो दल कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा‚ शहरी विकास‚ भूमि व्यवस्था‚ सामान्य प्रशासन‚ स्वास्थ्य तथा जनसंख्यासँगै कानून मन्त्रालय पाउने भएको छ । माओवादीले प्रधानमन्त्रीसहित गृह‚ ऊर्जा‚ सञ्चार‚ पर्यटन र महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाउने भएको हो ।
एकीकृत समाजवादीले भौतिक पूर्वाधार र वन मन्त्रालय तथा जसपाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कृषि तथा पशुपन्छी मन्त्रालय पाउने भएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी लोसपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय‚ जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय‚ नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद मन्त्रालय पाउने भएको छ ।