arrow

अर्ज्याल पुरस्कार प्राज्ञ प्रभातलाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १२ आइतबार

काठमाडौं । नेपाली  संस्कृति, दर्शन र साहित्यमा योगदान पुर्‍याएवापत  यस वर्षको दण्डपाणि–नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार प्राज्ञ विष्णु प्रभातलाई अर्पण गरिने भएको छ । 
दण्डपाणि अर्ज्याल स्मृति केन्द्रद्वारा स्थापित सो पुरस्कारको राशि रु २५ हजार सहित सम्मानपत्र रहेको छ । 
 
यही चैत मसान्तभित्र केन्द्रकै वार्षिक प्रकाशन ज्ञानविन्दु अङ्क १४ समेतको लोकार्पण समारोहमा उनलाई अर्पण गरिने केन्द्रले जनाएको छ । 

सो पुरस्कारबाट ज्ञानमणि नेपाल, मदनमणि दीक्षित, प्रा डा तुलसीराम वैद्य, प्रा दिनेशराज पन्त, सत्यमोहन जोशी, प्रा डा सुरेशराज शर्मा, प्रा डा सुरेन्द्र केसी र पुण्यरश्मी खतिवडालगायत पुरस्कृत भइसक्नुभएको केन्द्रले जनाएको छ । 

स्व दण्डपाणि अर्ज्याल इतिहास, ज्योतिष, धर्मशास्त्र र समाजशास्त्र आदि विषयका ज्ञाता थिए भने स्व नन्दकुमारी उनकी धर्मपत्नी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ