arrow

कांग्रेसको साथले जम्कट्टेलले पाए विश्वासको मत, एमालेको बिदाइ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १० शुक्रबार
salikram-jamkattel.jpg
तस्बिर – फाइल ।

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभाको शुक्रबारको बैठकमा उनको पक्षमा ६७ मत र विपक्षमा १७ मत तथा मत दिन्न भन्नेमा ७ मत परेको थियो । प्रदेश सभामा ९१ प्रदेशसभा सदस्यको उपस्थिति रहेको थियो । 

प्रदेश सभामा नेपाली कांग्रेसको ३७, नेकपा (एमाले) को २७, नेकपा माओवादी केन्द्रको २१, राष्ट्रिय प्रजातन्त्र पार्टीको १३, नेकपा एकीकृत समाजवादीको सात, नेपाल मजदूर किसानको तीन र हाम्रो नेपाली पार्टीको दुई गरी ११० सदस्य रहेका छन् । 

यसअघि शुक्रबार मात्रै नेकपा एमालेका चार मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । केन्द्रमा सत्ता गठबन्धनको प्रभाव परेसँगै बागमतीमा माओवादी केन्द्रका जम्कट्टेलले विश्वासको मत पाएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ