arrow

बागमती प्रदेश

जम्मकट्टेलले आज विश्वासको मत लिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १० शुक्रबार
salikram-jamkattel.jpg

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज विश्वासको मत लिँदै छन् । आज अपराह्न १ बजे बस्नै बाग्मती प्रदेश सभामा उनले विश्वासको मत लिँने भएका हुन् । 

नेपाली कांग्रेसले मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिने सर्वसम्मत निर्णयसँगै जम्मकट्टेलले विश्वासको मत लिन लागेका हुन् । कांग्रेसले विश्वासको मत दिने या नदिने भन्नेबारे निर्णय गर्न नसक्दा बुधबारको बैठक अनिश्चित बनेको थियो । बुधवार विश्वासको मत लिनका लागि बैठक बोलाइएको भए पनि कांग्रेसका सांसद अनुपस्थित थिए । 

कूल ११० जना प्रदेश सभा सदस्य रहेको बागमतीमा वर्तमान सरकारलाई निरन्तरता दिन कम्तिमा ५६ सांसद्को मत आवश्यक पर्दछ। माओवादी केन्द्र र कांग्रेसको मत ५८ हुन्छ।  गठबन्धन दलको समर्थनमा मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत पाउने देखिएको छ।

यसअघि मुख्यमन्त्री जम्मकट्टेलले प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाएका थिए । जसअनुसार नेकपा एमाले, नेपाली कांग्रेससहित ६ राजनीतिक दलका १०५ जना सांसदसहितको उनले भारी मतसहित विश्वासको मत पाएका थिए । उनको विपक्षमा नेमकिपाका ३ जना सांसद मात्रै उभिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ